Shree Amarkalyan Secondary School was established in 2011 BS/1954 AD. It is situated in the heart of Maijogmai ward No. 1 Nayabazar, Ilam. Our main motto is to provide qulity and affordable education for all. We have students from all part of the rural-municipality.
भोजपुको दिङ्लाबाट घुम्दै फिदै आएर घना जंगलको बीचमा कुटी बनाई बसेका सन्त बालागुरुको अग्रसरतामा कटुसघारीको डाँडामा शिव मन्दिर मात्र बनेन वि. सं. २०११ सालको रामनवमीको मेलाकै दिनबाट मंगलबार हाट लाग्ने गरी बजारकोे उद्घाटन भयो । त्रिभुवन नगरको रुपमा स्थापित बजार पछि गएर नयाँबजारको रुपमा परिचित हुन थाल्यो । वि.स. २०११ सालमा नै सन्त बालागुरुको नेतृत्वमा स्वयम्भू सिद्ध प्राइमरी स्कुलको स्थापना भयो । त्यसैको विकसित रुप नै आजको अमर कल्याण नमुना माध्यमिक विद्यालय हो । त्यस बखत स्थापना भएको स्वयम्भू सिद्ध प्राइमरी स्कुलको प्रथम प्रधानाध्यापक एस. के. (श्याम कुमार) राई थिए । वि. सं. २०१७ असार १४ गते सोमबार श्री ५ को सरकार शिक्षा विभाग अन्तर्गतका स्कूलहरु इलाम झापा (क्षेत्र नं. १) ले स्वीकृति दिई १ जना शिक्षक श्री कमल कान्त शर्मालाई नियुक्ति दिई बार्षिक एकमुष्ट अनुदान रु ३००।— दिन शुरु गर्यो । विस्तारै विस्तारै विद्यालयमा खर्च पनि बढ्न थाल्यो । वि. स. २०१९ सालमा उक्त अनुदान रकम बृद्धि भई रु. ९००।— प्राप्त हुन थाल्यो साथै वि.सं. २०२१ सालदेखि जिल्ला शिक्षा निरीक्षकको कार्यालयले अनुदान रकमलाई अझ बृद्धि गर्दै रु. १,५००।— उपलब्ध गराउन थाल्यो । त्यस्तै वि.सं. २०२५ सालको माघको १५ दिनको जाडोे पार गरेपछि स्वयम्भू सिद्ध प्राइमरी स्कुलको तह बृद्धि भई कक्षा ८ सम्म पठन पाठन हुन शुरु भयो र त्यहीबेला श्री अमर कल्याण मिडिल स्कूल भनी नयाँ नामाकरण गरियो । वि सं. २०२५ सालमा प्रधानाध्यापक दिल बहादुर मोक्तान (डी.बी. मोक्तान) को मातहतमा संचालित यस विद्यालयले प्राप्त गर्ने अनुदान रकम रु २,२००।— पुग्यो । वि. सं. २०२५ देखि २०३० सालसम्म ५ जना शिक्षक कायम भएको यो विद्यालय श्री अमर कल्याण निम्न माध्यमिक विद्यालयमा रुपान्तर हुन पुग्यो । वि.सं. २०३६ सालसम्म श्री अमर कल्याण निम्न माध्यमिक विद्यालय तत्कालिन प्रधान पञ्च श्री टेक बहादुर गुरुङ्गको नेतृत्वमा यहाँका शिक्षाप्रेमी, शिक्षक, अभिभावक तथा तमाम नयाँबजार बासीहरुको सक्रियतामा आर्थिक स्रोत जुटाई २०३६ साल फागुन महिनादेखि प्रस्तावित मा. वि. का रुपमा कक्षा ८ को पढाइ शुरु भयो र वर्षेनी कक्षा बृद्धि गर्ने क्रममा कक्षा ९ र १० मा समेत पठन पाठन संचालन गरी वि. सं. २०३९ सालमा पहिलो पटक विद्यार्थीहरुलाई एस.एल.सी परिक्षामा सामेल गराइयो ।
अहिलेको बजार पछाडि काँसीनाथ भट्टराईको घरमा २०११ सालमा शुरु भएको विद्यालय स्थानीय भिमलाल भण्डारीले २० रोपनी जग्गा निःशुल्क प्रदान गरेपछि वि.सं. २०१७ मा अहिलेको विद्यालयको हाताभित्र आप्mनै भवन सहित प्रवेश गर्न पुग्यो । समयको माग र प्रभावको कारण आवश्यकताहरु वढ्दै गए र यहाँका सरोकारवाला, समुदाय, लब्धप्रतिष्ठित व्यक्तिहरु, विभिन्न पदमा रहेका जनप्रतिनिधि, कर्मचारी, संघसंस्था आदिले एकजुट भएर ती आवश्यकताहरुलाई प्राप्त गरी छाड्नु नै आजसम्म अमर कल्याण मा.वि.ले पार गरेको यात्राको प्रमुख उपलब्धि हो । विद्यालयलाई हालसम्म आइपुग्न महत्वपूर्ण योगदान दिनेहरुमा सन्त श्री बालागुरु भीमलाल भण्डारी, भीम बहादुर भट्टराई, रणविर गुरुङ्ग (बैदार) जितबहादुर निरौला (शङ्खावुङ), पदम बहादुर खड्का, ललीवुङ महत, श्याम प्रसाद अधिकारी, हरीचरण भण्डारी, पदम बहादुर कार्की, हस्त बहदुर निरौला ,टेक बहादुर गुरुङ्ग आदि हुनुहुन्छ ।
वि. स. २०३९ सालदेखि एस एल सी परीक्षामा पहिलो पटक आफ्ना विद्यार्थीहरु संलग्न गराउन सफल श्री अमर कल्याण माध्यमिक विद्यालय, वि.सं.२०६० मा आइपुग्दा अमर कल्याण माध्यमिक विद्यालयका आम अभिभावकहरुको चाहना आफ्ना छोराछोरीहरुले उच्च शिक्षा पनि यसै विद्यालयबाट प्राप्त गर्न सक्ने अवसर हुनुपर्ने रहेको बुभ्mन थालिएको थियो । सबैको सहयोग र सद्भाव भएतापनि त्यो कदम देशको विषम परिस्थितीका कारण सम्भव भएन । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै वि.सं.२०६६ सालमा आएर आम अभिभावकको उच्च मा.वि स्थापना गर्ने उत्कट इच्छा भएकाले यस विद्यालयमा उच्च मा. वि. स्थापनाको महान कार्यमा तमाम् अभिभावकहरु जुर्मुराएर उठे र विद्यालयलाई आर्थिक सहयोग प्रदान गरे । अब उ.मा.वि. स्थापना नै अमर कल्याणको पहिलो जिम्मेवारी हो भन्ने सम्बद्ध सबै क्षेत्रबाट दबाब परेपछि,अनुरोध भएपछि सबै पक्षको सहयोगमा नयाँबजार गा.वि.स. ले ठूलो शाहसका साथ उ.मा.वि स्थापनाका लागि योजनाहरु जनस्तरबाट संचालन गरी रु.८,००,००० अक्षरेपी आठ लाख रुपैयाँ उ.मा.वि स्थापनार्थ धरौटी रकम उपलब्ध गरायो र मुद्धती खाताहरु छुट्टा छुट्टै खोल ४÷४ लाख जम्मा गरियो । विद्यालयले उच्च माध्यमिक शिक्षा परिषदबाट ंद्द संचालन गर्ने अनुमति वि.सं. २०६६।०३।२८ मा प्राप्त ग¥यो । फलस्वरुप नयाँबजार लगायत जोगमाई, सोयाङ, प्याङ, नामसालिङ जस्ता गा.वि.स का ंद्द पढ्ने विद्यार्थीहरु लाभान्वित बन्न पुगे । हालको संरचनामा उच्च मा.वि. भन्ने शब्द नरहे पनि यो ंद्द चल्ने मा.वि. हो ।
विगत ८/९ वर्षदेखि एस.एल.सी परीक्षामा उत्साहजनक नतिजा प्राप्त गर्दै गरेको यस विद्यालयले स्थापना कालदखिनै ंद्द मा समेत सन्तोषजनक नतिजा हासिल गरीरहेको छ । इलाम जिल्लामा दुईपटक एस.एल.सी. परीक्षामा जिल्ला प्रथम नतिजा हासिल गरी पुरस्कृत समेत भएको छ । आम अभिभावकको चाहना बमोजिम शिक्षा आर्जन गर्न पलायन हुने प्रवृत्तिलाई दुरुत्साहित गर्दै समयको आवश्यकतालाई संबोधन गर्ने अभिप्रायले २०६७ सालदेखि यस विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा नर्सरी देखि कक्षा १० सम्म पठन पाठन समेत शुरु गरेको छ । कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठन पाठन हुने इलाम जिल्लाको एकमात्र सामुदायिक विद्यालय अमर कल्याण मा.वि बन्न पुगेको छ । यो गौरवको विषय हो । हाल पँन्ध्रौं द्यबतअज लाई अंग्रेजी माध्यमबाट समेत एस.एल.सी परीक्षामा संलग्न गराएकोमा विद्यालयको अंग्रेजी माध्यम तर्फको नतिजा ७० देखि ८० प्रतिशतसम्म रहेको छ । अंग्रेजी माध्यमको कक्षा संचालन गर्न थप दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले थप जनशक्ति व्यवस्थापन गरिएको छ र अभिभावकहरुबाट बार्षिक स्वेच्छिक सहयोग प्राप्त भई त्यसबाट र नमुना माध्यमिक विद्यालय सुधार गुरु योजनाका आधारमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त हुन आउने शैक्षिक तर्फको अनुदानबाट नै निजी तलब भत्ता व्यवस्थापन गरिएको छ । हिजो उ.मा.वि ंद्द आवश्यकता ठानिएकोमा आज आम अभिभावकबाट स्नातक कक्षा संचालन गर्न जोडदार आग्रह र अनुरोध भईरहेको छ । यसलाई मूर्त रुप दिन अब सबैले गृहकार्य र योजनाका साथ अघि बढ्नुपर्ने देखिन्छ ।
हाल यस श्री अमर कल्याण मा.वि नयाँबजारको नाममा २ कित्ताको ३८ रोपनी अर्थात १९३३२.१२ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ । त्यसमध्ये २० रोपनी अर्थात १०१७४.८ वर्ग मिटरकोे १ कित्ता जग्गा वि.सं. २०१७ मा नयाँबजार वडा नं. ८ निवासी श्री भीमलाल भण्डारीले निःशुल्क उपलब्ध गराउनु भएको हो । त्यसैगरी १८ रोपनी अर्थात ९१५७.३२ वर्ग मिटरको अर्को कित्ता जग्गा नयाँबजार ८ निवासी श्री तेज बहादुर भण्डारी र रणबहादुर भण्डारीले सहुलियत मूल्यमा विद्यालयलाई उपलब्ध गराउनुभएको हो । वि। सं २०७५ सालमा यसै गा। पा। वडा नं। १ निवासी समाजसेवी लिला प्रसाद भण्डारीले सहुलियत मुल्यमा विद्यालयलाई १ रोपनी ८ आना जग्गा उपलव्ध गराउनु भएको छ। त्यस्तै गरी वहाँ लगायत वहाँका भाइहरु भोला भण्डारी र प्रेम प्रसाद भण्डारीले सात आना २ दाम जग्गा विद्यालयलाई निशुल्क रुपमा उपलब्ध गराउनु भएको छ। यसका लागि विद्यालयले वहाँहरुको सधै उच्च सम्मानका साथ स्मरण गरिरहनेछ । यस श्री अमर कल्याण मा.वि.मा साना ठूला नयाँ पुराना गरी १२ वटा भवन रहेका छन् भने जम्मा ३० वटा कक्षा कोठाहरू रहेका छन् । विद्यालयमा ३ वटा शौचालयहरू रहेका छन् जसमध्ये एउटा छात्रा शौचालय रहेको छ । यी सबै भवन संरचनाले लगभग ४१४४.६२ वर्गमीटर क्षेत्रफल ओगटेको छ भने लगभग १५१८७.५ वर्गमिटर क्षेत्रफलको खुला मैदान विद्यालयसँग छ । स्थानीय व्यापारिक केन्द्र नयाँबजारसँगै रहेको यो विद्यालय बजारको एक छेउमा अवस्थित छ । कुनै पनि समयमा अकल्पनीय प्राकृतिक विपत्ति भएमा विद्यालयको खालि जमिनले तत्कालको आश्रयस्थलका रुपमा प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।
पहाडी भौगोलिक अवस्था भएको यस क्षेत्रमा समय समयमा विविध प्रकारका साना साना प्राकृतिक विपद्का घटनाहरु नभएका होइनन् जस्तै बाढी पहिरो, आँधी बेहरी, भूकम्प, आगलागी आदि । सामान्य कच्ची घरहरु, पातलो छरिएको वस्ती, बसाइ व्यवस्थापन र विद्यालय अनि समुदायका व्यक्तिहरुको सजगताको कारण त्यति ठूलो क्षति भने अहिलेसम्म भएको छैन । तर पनि साना साना प्राकृतिक विपद्का कारण प्रभावित बालबालिका र समुदायमाथि समस्याहरू हुने गर्दछन् । विविध संघ संस्थाहरुको र विद्यालयले आयोजना गरेको विपद् व्यवस्थापन सम्बन्धी परामर्श र अन्तरक्रिया जस्ता प्रभावकारी कार्यक्रम बेला बेलामा हुने हुनाले समुदायमा थप सचेतनाको उर्जा थपेको छ ।
Amarkalyan stands as one of the best schools throught the Maijogmai Rural-municipality. It has high-tech IT lab, Standard Science Lab and Montessori Learning for Young boys and girls. It hass hi-tech classrooms fitted with computers and smart displays. It has a wide playground with a variety of sport-acessories. It is by far the number 1 choice for all the of our gurdains.
Amarkalyan has some of the finest instructors of the country. All of our instructors are highly qualified and have passed the teacher's license examination. More than 10 teachers have above 30+ years of teaching experience.
Classrooms are equipped with fine benches and desks along with a smart display where teachers can teach with much ease then the traditional method. Students can visualize what they learn which makes learning more effective and efficient. A new model building is under construction and will soon be inaugurated.
Why don't we hear what our best students say about our school. Here are some statements made by two of our best students.
Shree Amarkalyan Model Secondary School provided me with a strong academic foundation in a well-disciplined and supportive environment. The use of modern tools like projectors and smart boards made learning more engaging and effective. I’m thankful to have been part of such a forward-thinking and nurturing institution. Our Children's Club is also very active and provides evergreen support to all of the students.
Amar Kalyan Secondary School provided me with a transformative high school experience.The school fostered academic excellence and personal growth. Dedicated teachers, a rich curriculum, and a supportive environment shaped my formative years, preparing me for future with a strong foundation and lasting memories.
Shree Amarkalyan Model Secondary School
Maintained by Nishanta Poudel